fbpx

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएकाे छ । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयाे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो ।

0-3248x1440-0-0#

मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह, २०८०) प्रकाशित छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले विश्व साहित्यमै लोकप्रिय भएर पनि आख्यानका क्षेत्रमा लाग्ने व्यक्तिको कमी भएको बताउनुभयाे । आख्यानका क्षेत्रमा दिइने सम्मान र पुरस्कारको समेत अभाव भएको समयमा लमजुङ–पोखरा सम्पर्क समितिले आख्यानका क्षेत्रमा लाग्नेहरूका लागि पुरस्कार सञ्चालन गर्नु प्रशंसनीय भएको धारणा सरुभक्तको थियो । दीपक समीपलाई आफूले पचासको दशकको सुरुदेखि नै एक सक्रिय साहित्यकारका रूपमा चिन्दै आएको बताउँदै सरुभक्तले समीपलाई पुरस्कार दिएर समितिले योग्य प्रतिभा छनोट गरेको बताउनुभयाे ।

पुरस्कार संस्थापक प्रेमकुमारी गुरुङले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएकाले साहित्यकारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मनसायले पुरस्कार स्थापना गरेको बताउनुभयाे । उहाँले समयक्रममा पुरस्कारको अक्षयकोषमा रकम थप्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयाे ।

लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष दीपकराज घिमिरे, प्रतिभा छनोट समितिका सदस्य लक्ष्मण थापा, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए ।

साहित्यकार दीपक समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५४), राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५५), खुला मुक्तक प्रतियोगितामा प्रथम (२०५५), गजल साधना सम्मान (२०६३), समता काव्य सम्मान (२०६६), शिल्पी साहित्य सम्मान (२०६६), स्रष्टा साहित्य चौतारी पुरस्कार (२०६८), गजल प्रतिभा पुरस्कार (२०६९), अक्षरयात्रा सम्मान (२०७०), गजल सन्ध्या सम्मान (२०७०), मुक्तक मञ्च पोखरा सम्मान (२०७३), गजल मञ्च मकवानपुर सम्मान (२०७४), लेखक कृति पुरस्कार (२०७९), बहादुरानन्द स्मृति मुक्तक सम्मान (२०८०), अभिलेख सम्मान (२०८१) प्राप्त गरिसकेका छन् ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको थियो । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । कल्याण पन्तको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष ईश्वर चिलुवालले स्वागत गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू