fbpx

‘डिसेम्बर फल्स’ को टिजरमा झल्कियो आर्यन र उपासनाको प्रेम(भिडियाे)

author

समाचारपाटी

२ years अगाडि

काठमान्डौं । प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनीक गरिएको छ । ३० डिसेम्बर अर्थात १५ पुषमा देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिजर बिहीबार युट्युव च्यानल म्युजीक डटकममार्फत दर्शकमाझ ल्याइएको हो ।

केही समयको बिश्रामपछि अभिनेता आर्यन सिग्देललाई दर्शकले यही फिल्ममार्फत पुनः ठूलो पर्दामा हेर्न पाउने छन् । उनलाई साथ दिएकी छिन्, अभिनेत्री उपासना सिंह ठकुरीले । सार्वजनीक १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यनलाई एक्शन लभर
ब्वाइका रुपमा प्रस्तुत गरिएको छ भने उपासना नर्सको भूमिकामा देखिएकी छिन् ।

टिजर हेर्दा अस्पतालमा बिरामीमाथि हुने गरेको लापर्वाही तथा यथार्थताको बिषय फिल्मले उठाएको संकेत गराउदछ । सँधै उस्तै उडन्ते मायाप्रेम,यथार्थभन्दा धेरै परका काल्पनीक बिषयजन्य फिल्म हेर्दाहेर्दा दिक्दार भएका दर्शकलाई यो फिल्मको
टिजरले नै ठूलो आशा जगाएको छ । टिजरसँगै आम दर्शकमा ‘डिसेम्बर फल्स’ ले कुतुहलता पैदा गराउन सफल भएको छ ।
बलिउड नगरीमा ब्यस्त निर्देशक प्रवीण झाको निर्देशन र सिनेमाटोग्राफर महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका रिजाल ‘डिसेम्बर फल्स’ प्रति निकै आशावादी छन् । ‘दिल खोलेर लगानी र परिश्रम लगाएका छौ,’ उनको भनाइ छ ,‘गुणस्तरिय फिल्म निर्माणका लागि कुनै कुरा पनि कमी हुन
दिएका छैनौं । त्यसले दर्शकको भरपुर साथ पाउनेमा बिश्वस्त छौं ।’फस्र्टलुक पोस्टर सार्वजीकसँगै चर्चामा रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत
कलाकारको अभिनय छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन भने कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र असिम काफ्ले छन् ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । पटकथा र सम्वाद भने केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन् । बनिष शाहले सम्पादन गरेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन,कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मको
बितरण सुनील मानन्धरले गर्दैछन् ।

https://www.youtube.com/watch?v=ppx82yvNco8&t=3s


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन