fbpx

पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

author

समाचारपाटी

५ महिना अगाडि

पोखरा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आउनुभएकाे छ । उहाँ उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

‘फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । त्यो म्यासेज पनि हामीले पाइसकेका छौं’, एसपी थापाले भन्नुभयाे, ‘फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको पाइयो ।’ कसरी बनाएका थिए योजना रु सच्चाई सेवा केन्द्र चलाइरहेका प्रकाश गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राख्दै आएका थिए । पक्राउ परेका मुख्य आरोपी लक्ष्मण दर्जीले त्यही युट्युबमार्फत नै गैरेबारे जानकारी लिएको प्रारम्भिक बयानका क्रममा बताउनुभएकाे छ । ‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भन्नुभयाे । युट्युबबाट गैरेबारे जानकारी लिइसकेपछि उनी पैसा दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए । ‘त्यहाँ १–२ घन्टा बसेर गैरेको टेलिफोन नम्बर लिएर आएको देखिन्छ’, एसपी थापाले भन्नुभयाे । गैरेको नम्बर पत्ता लगाइसकेपछि उनीहरुले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरुले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने उल्लेख गरेका थिए । पहिलो पटक धम्की दिइसकेपछि माघ २० फेरि उनीहरु दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगे । ‘आफूहरुले धम्की दिइसकेपछि त्यसको असर कत्तिको परेको छ भनेर बुझ्न फेरि सच्चाई सेवा केन्द्रमा गएको देखिन्छ’, एसपी थापाले भन्नुभयाे, ‘२३ गते पनि उनीहरु सच्चाई केन्द्रमा गएर आधा घन्टा बसेका छन् ।’ त्यही क्रममा २४ गते भने उनीहरु पक्राउ परे । ‘हामीलाई फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको सूचना आएपछि नै एकहप्तादेखि पिछा गरिहेका थियौं’, एसपी थापाले भन्नुभयाे । लिस्टमा शीर्ष नेतासहित ३५ जनाको नाम प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ वटा शंकास्पद पान्ना पनि फेला परेको छ । प्रहरीका अनुसार उनीहरुबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम छ । ‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भन्नुभयाे, ‘३५ भन्दा बढी व्यक्तिको नाम लेखिएको पान्ना बरामद भएको छ ।’ उनीहरुबाट पक्राउ परेका सामानबाट विभिन्न ‘कोड’ भाषा प्रयोगबारे पनि खुल्न आएको प्रहरीले जनाएको छ । ‘बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको सामग्रीसमेत फेला परेको एसपी थापाले खुलाउनुभयाे । पक्राउ परेका दुवैजनालाई लागूऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी ३ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । योजनाबद्ध गतिविधि ज्यान मार्ने धम्कीसहित फिरौती मागेको आरोपमा पक्राउ परेका दर्जी र क्षेत्री पहिल्यै नजिकको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दर्जी एक महिनाअघिमात्रै वैदेशिक रोजगारबाट नेपाल आएका थिए । दर्जी ४ वर्ष कतार बसेर नेपाल आएका थिए । नेपाल आउनेबित्तिकै क्षेत्रीसँग मिलेर पोखरा महानगरपालिका– ८ जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताउनुभयाे । ‘एक महिनाअघि विदेशबाट आउनेबित्तिकै कोठा भाडामा लिएर यो योजना अगाडि बढाएको देखिन्छ’, कास्कीका प्रहरी प्रमुख थापाले भन्नुभयाे, ‘यही योजनाका साथ विदेशबाट आएको हो वा होइन, अनुसन्धान अघि बढाएका छौं ।’ पहिले पनि पक्राउ परेका थिए क्षेत्री ज्यान मार्ने धम्कीसहित फिरौती मागेको आरोपमा पक्राउ परेका क्षेत्री पटके अभियुक्त हुन् । उनी यसअघि पनि २ पटक विभिन्न मुद्दा खेपिसकेको प्रहरीले जनाएको छ । क्षेत्री यसअघि २०७९ सालमा जिल्ला प्रहरी कार्यालय, पर्वतबाट हात हतियार तथा खरखजाना मुद्दा र २०७१ सालमा सार्वजनिक मुद्दामा पक्राउ परेका थिए ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो