काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको हो । ।
सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।