काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यान्सरका कारण अस्वस्थ उहाँको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।
उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बोल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।