डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर युवकको मृत्यु, १० जना पक्राउ

author

समाचारपाटी

४ हप्ता अगाडि

धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका- १ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले बडिकेदार गाउँपालिका-१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताउनुभयाे ।

दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उहाँले बताउनुभयाे । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-१ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमलसिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारासिंह खड्का रहेका छन् ।

यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम, ३७ वर्षका गणेशबहादुर घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय जुलेश नामजाली मगर रहेको एसपी शर्माले बताउनुभयाे ।

source :- onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान