सर्खेत । सुर्खेतमा १ युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा १ युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार अपराह्न ४ः३० बजेतिर ती युवाको शव भेटिएको हो। उहाँको परिचय खुल्न सकेको छैन।
मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ।
शव घटनास्थलमै छ। घटनास्थललाई प्रहरीले सुरक्षित गरेको छ