fbpx

डेभिजफल्स ड्राइभिङ स्कुलद्धारा नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य बराललाई बधाइ तथा सम्मान

author

समाचारपाटी

२ years अगाडि

पोखरा । डेभिज फल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट बिजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहनुभएका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गर्नुभयो ।

त्यस्तै सम्मानित ब्याक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने वताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुच्छ्रे हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अबको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताउनुभयो ।

अहिले गाउँका दुर दराजमा सडक, खानेपानी जस्ता बिकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको बिकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उहाँको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश वरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गर्नुभयो । ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन