दशनामी समाजको छलफल तथा अन्तरक्रिया सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले समुदायको हितमा क्रियाशिल हुदैँ मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य केदार गिरीले पूर्खाहरुको इतिहासलाई भुल्न नहुने बताउनुभयो । आफनो संस्कार, संस्कृति के थियो भन्ने बारेमा जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै अगाडि बढनुपर्नेमा जोड दिनुभयो । बाबु बाजेले गर्दै आएको संस्कारलाई आत्मसाथ गर्दै नयाँ पुस्तामा पुस्तान्तण गर्नुपर्छ उहाँले भन्नुभयो,'' दशनामी ब्राहमणका पनि गुरु हुन् भन्ने अग्रजबाट सुन्दै आएको हुँ । जातीय संस्थाको आवश्यकता पछिल्लो समय महशुस गरि स्थापना गरिएको हो । संस्थाले सबैलाई समेटेर जानसके मात्रै सफल हुन्छ ।'' उहाँले विज्ञहरुलाई सहभागी गराएर संस्कार र संस्कृतिका बारेमा जानकारी गराउन प्रशिक्षण लगायतका कार्यक्रम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले संस्कार संस्कृति जोगाउँर्दै एक रुपता ल्याउनुपर्नेमा सुझाव दिनुभयो । दशनामी समाजका वरिष्ठ उपाध्यक्ष तारा गिरीले दशनामी समाजमा समस्या थियो तर अहिले समाजको केन्द्रीय कार्यालयले धेरै काम गरेको बताउँदै समावेशी आयोगमा समेत दशनामीले ज्ञापनपत्र बुझाइ जानकारी दिनुभयाे ।

दशनामी कास्कीका पूर्व अध्यक्ष रमेश गिरीले कास्कीले अगुवाई गरेर सबैलाई एकताबद्ध गरेर जानुपर्नेमा जोड दिनुभयो । दशनामी र सन्यासी एकै हौ भन्ने बारे अन्यौल रहेको बताउँदै यस विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो । सबैको चाहना कास्कीले नयाँ कार्यको सुरुवात गर्नुपर्छ उहाँले भन्नुभयो, समाजको आवश्यकता र संगठित हुनुपर्नाको कारणलाई पुष्टि गर्ने गरि काम गर्नुपर्छ । संगठनलाई सबल बनाउनुपर्छ भन्नुभयो ।

दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भुपेन्द्र गिरी, दशनामी समाज स्याङजाका सल्लाहाकार कपिल गिरी, दशनामी समाजका सचिव बोधराज गिरी, दशनामी समाज कास्कीका कोषाध्यक्ष सुनिता गिरी, गोविन्द गिरी, समाज कास्कीका प्रथम उपाध्यक्ष भरत गिरी, अरुण गिरी, पत्रकार एकराज गिरी लगायतले दशनामी समाजलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन