विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
सोमबार एकै दिन २८ स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी प्रदेशको १४ जिल्लामध्ये झापामा १३, मोरङमा ८, सुनसरीमा ७, उदयपुर, संखुवासभा र खोटाङमा २(२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा एकरएकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९६१ जना घाइते भएका छन् ।
प्रहरीको तथ्याङक अनुसार मोरङमा सबैभन्दा धेरै २१६ वटा दुर्घटना भएका छन् । झापामा १६५, सुनसरीमा १४६, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५र५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३र३, इलाम र ताप्लेजुङमा एकरएकवटा दुर्घटना भएका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै ५१३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।