fbpx

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने

author

समाचारपाटी

२ महिना अगाडि

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँकाअनुसार सरकारले आज पूर्वसभामुखढुंगानाको  निधनमा शोक मनाउन मंसिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाका पूर्वसभामुख श्री दमननाथ ढुंगानाजीको ८३ वर्षको उमेरमा हिजो अपरान्ह असमायिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ । नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नको लागि उहाँले सभामुखको भुमिकामा रहेर निभाउनुभएको कामको उच्च कदर गर्दै स्व.ढुंगानाको निष्ठा र भावनालाई सबैले आत्मसाथ गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम सम्मान २०६६ चैत्र ४ को नेपाल राजपत्रमा प्रकाशित अन्तिम सम्मान सम्बन्धित खण्ड कको क्रमसंख्या ४ क बमोजिम अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउने । राजकीय सम्मानअनुसार अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक मनाउन वि.सं. २०८१ साल मंसिर ३ गते सार्वजनिक बिदा दिने । नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’

पूर्वसभामुख ढुंगानाको मंसिर २ गते आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू