पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित अभिनेत्री कौरको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो।
उहाँका भाइ हरिन्दर सिंह खंगुराका अनुसार दलजीत पछिल्लो ३ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्याे। उहाँको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ।
दलजीतले दिल्लीस्थित लेडी श्रीराम कलेजबाट स्नातक गर्नुभएकाे हाे। उहाँले सन् १९७६ मा फिल्म दाजबाट आफ्नो फिल्म करिअर सुरु गर्नुभएकाे हाे।
उहाँका श्रीमान् हरिमिन्दर सिंह देओलको सडक दुर्घटनामा परी निधन भएपछि उहाँले केही समय फिल्म क्षेत्रबाट ब्रेक लिनुभएकाे थियाे।
सन् २००१ मा दलजीत फेरि फिल्म क्षेत्रमा फर्किनुभयाे। आफ्नो फिल्म करिअरमा दलजीतले १० हिन्दी तथा ७० पञ्जाबी फिल्ममा अभिनय गर्नुभएकाे छ । उहाँलाई पञ्जाबी सिनेमाकी मेमा मालिनी पनि भनिन्थ्यो।
धेरै सुपर डुपर फिल्ममा अभिनय गर्नुभएकाे दलजीतले पञ्जाबी सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकाे छ । उहाँका हिट फिल्महरुमा मामला गडबड है, पटोला, सइदा जोगन, सरपंच, कि बनू दुनिया दा, पुत जट्टा दे हुन्।