fbpx

जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको द्रोश्रो सार्वजनिक सुनुवाईसंगै उत्पादित बस्तु बजारमा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा न ३० स्थित पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा जगत कल्याण दुग्ध प्रशोधन केन्द्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईसँगै जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको उत्पादित बस्तु बजारमा पनि आएका छन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषक, महिला,स्थानीय ब्यक्ति,पत्रकार तथा शेयरसदस्यहरुलाई दुग्ध प्रशोधन केन्द्रमा जडित यन्त्र तथा उपकरण,चारपांग्रे सवारी साधन लगायत केन्द्र परिसरको भौतिक संरचनाहरुको आयोजनाको उप आयोजना संचालन मार्गदर्शन अनुसार खरिद गरी जडित आधुनिक प्लान्टहरु द्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको गठबन्दन बजारीकरण मार्फत स्थानीय उपभोक्ता तथा तनहुँ, लम्जुंग लगायतका जिल्लाहरुमा कल्याण ब्रान्डका दुग्ध पदार्थहरु बिक्रीवितरण गरिएको जानकारी दिएका थिए ।

वडा न.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुबेदीले असल कर्मले मानिसलाई र समाजलाई अग्रगतीमा लैजाने प्रेरणा दिने बताउनुभयाे । उहाँले उपभोक्ताहरुको मागलाई ध्यान दिएर सम्बोधन गर्नुपर्ने बताउनुभयाे । महानगर कृषि समितिका अध्यक्ष संयोजक रबि रमण तिवारीले दूग्ध पदार्थ बजारीकरण गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउँदै सहकारीसँग सहकार्य गर्न उत्सुक रहेको बताउनुभयाे । उहाँले गौसेवा मानव सेवा नै समाज सेवा भएकोले कसैले संस्थामा रहेर स्वार्थ लिन खोज्ने मान्छेसँग बच्नुपर्ने बताउनुभयाे ।

अध्यक्ष कलाधर ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद ओझाले आयोजनासँग सहकार्य गरी दुग्ध प्रशोधन केन्द्रद्धारा स्थानिय जनशक्तिलाई रोजगार दिनुको साथै आयोजना सम्झौतामा उल्लेख भए बमोजिमका मेसिन उपकरण तथा सवारी साधनको बिधि र प्रक्रिया पुर्याएर खरिद गरिएको र उत्पादन गर्दा चाहिने कच्चा पदार्थहरुको खरिद उप समितिद्धारा वस्तुको आपुर्ति गरी कास्की, तनहुँ र लम्जुङमा सेवा विस्तार गरिएको जानकारी सहित लागत र खर्चका विवरणहरु प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष शिब भुजेलले संस्थाका गतिविधि तथा आयोजना सञ्चालन सम्वन्धि जानकारी गराउनुभएकाे थियाे ।
पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषक शेयरधनी, हिलाहरुले उठाएका जिज्ञासाहरुको व्यवस्थापक, सचिव र कोषाध्यक्षले प्रष्ट पारेका थिए ।

लाइभस्टक इन्नोभेसन आयोजना विकेन्द्रीकरण सहयोग एकाईका वगिरथी कास्की , लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , शेयरसदस्य रामजी प्रसाद न्यौपाने लगाएतले स्थनीय किसानबाट संकलन गरिएको दूधलाई आफ्नै प्रसोधन केन्द्रमा अत्याधुनिक मेसिन उपकरणहरु ल्याएर प्रसोधन गरी आम उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नुको साथै मौलिक उत्पादनले किसानको हौशला समेत बढाउने बताउनुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन