fbpx

दुग्ध विकास संस्थानले रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) अगाडि आन्दोलन गरेका हुन ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । ‘तत्काल दूधको बक्यौता भुक्तानी गर्न आन्दोलन गरेका थियौं, प्रहरीले धरपकड गरेर कालिमाटीमा लग्यो । अहिले भर्खरै छोडेको छ तर हाम्रो आन्दोलन निरन्तर नै छ’, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले भन्नुभयाे ।

कुँवरका अनुसार वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार दूध किसानको रकम नआउँदा समस्या रहेको भन्दै आन्दोलन गर्नुपरेको हो । वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेको उहाँले सुनाउनुभयाे । ‘रेगुलर पैसा आइरहेको देखिए पनि बक्यौता घट्न सकेको छैन, अहिले उत्पादन भइरहेको दूधको रकम आएनि बाँकी बक्यौता तत्काल दिनुपर्छ’, कुँवरले भन्नुभयाे । उहाँका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।

onlinekhabar


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन