‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् ।

मंगलबार २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ । यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धी हो । जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहाको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ । आज यहीमाथि केही मानिसहरुले प्रश्न उठाउने प्रयास र दुश्साहस गरेका छन् । पहिलेका राजा महाराजाहरु जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता नगरौं त्यसो भयो भने त्यसले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ ।’

उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाँउसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन् । यसको साथै, उनले आज सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रुपमा पनि एउटा बिन्दुमा पु¥याउनु पर्ने भन्दै त्यसको लागि आफ्नो ठाँउबाट खेल्ने भूमिका इमान्दारिताका साथ निभाउने बताए । उनले भने, ‘हामीले सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रुपमा पनि एउटा बिन्दुमा पु¥याउनु नै पर्छ । म आज तपाईहरुको अगाडि संकल्पसहित घोषणा गर्न चाहान्छु छिटै नै क्रान्तिकारी माओवादी धाराहरु जो वैज्ञानिक समाजवादप्रति इमान्दार भएर अन्तिम समयसम्म लड्न तयार छन् । उनीहरु छिटै एकताबद्ध हुनेछन् मैले त्यसको लागि आफ्नो ठाँउबाट खेल्ने भूमिका म इमान्दारिताका साथ खेल्ने छु भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’

कार्यक्रमले पक्कै पनि एउटा सकारात्मक एकताको सन्देश र फेरि एउटा नयाँ ध्रुविकरणको अभियानको लागि संकल्पको संकेत गरेको पनि उनको भनाई छ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’