लेबनान र साइप्रसले सिरियाली शरणार्थी संकटको समाधान खोजेर दुवै देश र पूर्वी भूमध्यसागरमा बलियो सम्बन्ध कायम राख्ने र सुरक्षाको संरक्षण गर्न आफ्नो उत्सुकतालाई जोड दिने बताएका छन् । साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइड्स र लेबनानी प्रधानमन्त्री नाजिब मिकाती लेबनानी सरकारलाई थप सहायता प्रदान गर्न र बिस्थापित सिरियालीहरूलाई आफ्नो मातृभूमि फर्कन प्रोत्साहन दिनको लागि व्यावहारिक रूपरेखा स्थापना गर्न युरोपेली संघसँग काम गर्न सहमत भएका हुन् । साइप्रसका राष्ट्रपति सिरियाली शरणार्थी संकट समाधान गर्ने उपायहरू र लेबनान र साइप्रस दुवैमा यसको असरलाई सम्बोधन गर्नका लागि सोमवार लेबनान पुग्नुभएको थियो । मिकातीले लेबनान र साइप्रसले अवैध आप्रवासनका कारण सामना गर्ने चुनौतिलाई सम्बोधन गर्न साझा चासो रहेको र सामुन्द्रिक सीमाना नियन्त्रण गर्न संस्थाहरूलाई सक्षम बनाउन सहयोगको सम्भावना रहेको बताउनु भयो । मिकातीले युरोपेली संघ र बाँकी अन्तर्राष्ट्रिय समुदायलाई नयाँ कदम चाल्न र सिरियाप्रतिको आफ्नो नीतिमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
आफ्नो पक्षको लागि क्रिस्टोडोलिड्सले साइप्रसले लेबनानमा शरणार्थी मुद्दाको संवेदनशीलता र लेबनानलाई यी चुनौतीहरूको सामना गर्न मद्दत गर्न युरोपेली संघ र अन्तर्राष्ट्रिय फोरमहरूलाई दबाब दिएर अन्तिम समाधान खोज्ने बताउनु भयो । लेबनान सरकारले करिव २० लाख सिरियाली शरणार्थीहरू अनुमान गरेको छ ।
सिन्ह्वा