fbpx

मोजाम्बिकमा चक्रवात चिडोले ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ ।

फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण अरु धेरैको ज्यान गएको हुनसक्ने अनुमान रहेको छ ।

सात सय ६८ जना घाइते र ६ लाख २२ हजारभन्दा धेरै प्रभावित भएको तथ्याङ्क बीबीसीले उल्लेख गरेको छ । चिडोका कारण गएको हप्ता मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा र पहिलो २४ घण्टामा २ सय ५० मिलिमिटर वर्षा भएको थियो ।

यही चक्रवातले मोजाम्बिक, मलावी र जिम्बाब्वेमा सर्नु अघि फ्रान्सेली हिन्द महासागर क्षेत्र मेयोटमा पहिलो पटक विनाश मच्चाएको थियो ।

चक्रपात चिडो मेयोट द्वीपसमूहमा ९० वर्षपछिको सबैभन्दा खराब आँधी रहेको खबरमा उल्लेख छ । आँधीपछि मोजाम्बिकमा प्रत्येक दिन खाद्यान्न र उपकरणहरू भरेर सय टन सामग्री वितरण भइरहेका छन् ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन