महेन्द्रनगर । शनिबार महेन्द्रनगरमा आयोजित ‘दोस्रो शुक्ला– दोधारा चादँनी साइकल यात्रा’ प्रतियोगिताको उपाधी भीमदत्त नगरपालिका–३ का भुवन विष्टले हात पार्नुभएकाे छ ।
नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र श्रीदल गुल्मको संयोजनमा भएको खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दुरी १ घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पार गर्दै विष्टले उपाधी जित्नुभएकाे हाे।
त्यसैगरी रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ्गले निर्धारित दूरी एक घण्टा ४० मिनेटमा पार गर्दै द्धितीय स्थान प्राप्त गर्नुभएकाे छ । सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापाले एक घण्टा ४५ मिनेटमा निर्धारित दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभयाे।
त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विकले चौथो र गुरुगोरख गुल्मका सागर चौधरीले पाँचौ स्थान प्राप्त गर्नुभएकाे छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेल साइकल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयाे। साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा र कैलाली जिल्ला लगायतबाट ७० जनाको सहभागिता थियो।