fbpx

नेपाली भन्सारको संसार डामाडोल छः सांसदहरु

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रतिनिधि सभाका सांसदहरुले नेपालको भन्सार कार्यालयहरु अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


बिहीवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले भन्सार सम्बन्धी विधेयकलाई कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा विचार राख्ने क्रममा नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन् । समितिको छलफलमा सांसदहरुले अनियमितताको लागि तथ्यांक राख्ने, सर्भरु बिगार्नेदेखि सामान जाँचपास गर्ने, एक्स रे मेसिन बिगार्नेसम्मको काम गर्ने गरेको बताए । भन्सारका कर्मचारीहरुको व्यवहार सेवाग्राहीमैत्री नभएको आरोप पनि सांसदहरुले लगाएका छन् । समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले भन्सारका मेसिन बिग्रिनु भनेको भ्रष्टाचार बढ्ने माध्यम बनेको बताउनु भयो । एक पटक बिग्रिएको मेसिन वर्षौंसम्म नबन्नु भनेको भ्रष्टाचार गर्ने नियत भएको बताउनु भयो । 


बैठकमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर समितिले काम गर्नुपर्ने बताउनु भयो । आयोगले औंल्याएको विषयलाई समेटेर अघि बढनुपर्ने बताउनु भयो । आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगर्नु भनेको भन्सारको संसार ठिक छैन भन्ने बुझ्नुपर्ने बताउनु भयो । 


समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामाले कर लिएर सुन ल्याउन पाउनुपर्ने व्यवस्था हुनैपर्ने बताउनु भयो । सुनमा कडाई गर्नाले अवैध ओसारपसार बढेको र राजश्व पनि गुमेको तर्क गर्नुभयो । सरकारले कडाईका साथ कर लिएर सुन, गाँजा, मदिरा, रक्तचन्दनको ओसारपसार गर्न पाउने सुविधान दिनुपर्ने बताउनु भयो । 


बैठकमा सांसद्द्वय ज्ञानबहादुर शाही र गंगा कार्कीले भारतीय गाडीको नेपाल प्रवेश र असिमित समय बस्न पाउने सुविधाले नेपाली व्यवसायीको रोजगारी गुमेको आरोप लगाउनु भयो । नेपाली भूमिमा भारतीय गाडीको मनोमानी रोक्नुपर्ने बताउनु भयो ।

 बैठकमा सांसद भगवती चौधरीले भन्सार महशुल र करको कारण उपभोग्य सामान नेपालमा महंगो हुने र सीमावर्ती भारतीय बजारमा सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरु सबै भारतीय बजारमा जाने गरेको विषय सबैले बुझ्नुपर्ने बताउनु भयो । भन्सार महशुल कम नगरेसम्म सीमावर्ती नेपाली बजार चल्न नसक्ने बताउनु भयो । 


बैठकमा अधिकांश सांसदहरुले सरकारले भन्सार महशुल घटाएर सीमावर्ती नेपाली बजार चलायमान बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले भन्सारमा आवश्यक सामग्रीहरुको खरिद गरी चुस्त बनाउनुपर्ने धारणा राखेका हुन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक