fbpx

‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’

author

समाचारपाटी

२ हप्ता अगाडि

भन्सार ऐनमा पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिँदा भन्सारको प्रभावकारीता कम हुने सरोकारवालाहरुले बताएका छन् ।


शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँगको छलफलमा यस्तो बताएका हुन् । उनीहरुले सरकारले विगतदेखि भन्सारको क्षेत्रमा पावहन गोदामको काम गर्ने निकायहरु खडा गरेर काम गरिरहेकाले अहिले नै भन्सार ऐनमा भन्सार विभागलाई दिनेगरी ऐन ल्याउन नहुने बताए । सरोकारवाला निकायका प्रतिनिधिहरुले सरकारले भन्सार विभागलाई गोदाम तथा पारवहनको व्यवस्थापन जिम्मा दिँदा भन्सारको अन्य काम प्रभावकारी हुन नसक्ने उल्लेख गरे । समितिमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले भन्सारमा गोदाम तथा पारवहन सम्बन्धी काम गर्न सरकारले गोदाम तथा पारवहन कम्पनीले बनाएर काम गरिरहेको बताउनु भयो । उहाँले कम्पनीको नेपालमा मात्रै नभएर भारत लगायतका देशमा समेत शाखा सञ्चालन गरी काम गरिरहेको बताउनु भयो । उहाँले भन्सारलाई सहजिकरणको लागि उद्योग मन्त्रालयका दुईवटा निकायहरुले पारवहन तथा गोदाम व्यवस्थापनको काम गर्दै आएको बताउन भयो । उहाँले वाणिज्य मन्त्रालय अन्तर्गतका दुई गोदाम तथा पारवहन कम्पनी र इन्टर मोडल यातायात विकास समितिले काम गरिरहेको बताउनु भयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा,पोखरामा जिटुजीमार्फत नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा गोदाम तथा पारवहन कम्पनीले गर्दै आएको जानकारी दिनुभयो । उहाँले सरकारले भन्सार ऐनमा अब गोदाम बनाउने र सञ्चालन गर्ने काम भन्सार विभागलाई दिँदा उचित नहुने बताउनु भयो । उहाँले गोदामको काम भन्सारलाई दिँदा भन्सारको कामलाई सुस्त बनाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ भन्सारमा गोदाम तथा पारवहन सम्बन्धी गोदाम तथा पारवहन कम्पनीले विदेशमा समेत शाखा खालेर काम गरिरहेको छ । वाणिज्य मन्त्रालय अन्तर्गतका दुई गोदाम तथा पारवहन कम्पनी र इन्टर मोडल यातायात विकास समितिले काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा,पोखरामा जिटुजी मार्फत नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा गोदाम तथा पारवहन कम्पनीले गर्दै आएको छ । अन्य गोदामहरु भारत र चीन सरकारको सहयोगमा बनेको छ । भने चोभार सुख्खा बन्दरगाह विश्व बैंकको सहयोगमा इन्टर मोडलले गर्दै आएको छ । त्यसैले अब फेरि गोदाम बनाउने र सञ्चालन गर्ने काम भन्सार ऐनमा भन्सार विभागलाई दिँदा उचित हुँदैन । इन्टर मोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको काम गरिरहेको छ । जहाँ आइसिपी र आइसिडीको काम गर्दै आएको छ । प्रायः भारत र चीनका सिमामा बनेको सुख्खाबन्दरगाहमा बनेको गोदामको सञ्चालन समितिबाट हुँदै आएको छ । गोदामको काम भन्सारलाई दिँदा भन्सारको कामलाई सुस्त बनाउँछ ।’


इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत आषिश गजुरेलले भन्सारमा आएका सवारी साधन र पारवहन तथा गोदामको काममा भन्सारलाई सहजिकरण गर्दै आएको बताउनु भयो । उहाँले पारवहन तथा गोदाम कम्पनी र इन्टरमोडल यातायात विकास समितिको उदेश्य गोदाम व्यवस्थापन भएकाले यसैलाई काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्सारको भन्सार जाँचपास गराउने उद्देश्य भएकाले त्यही अनुरुप भन्सार ऐन बन्नुपर्नेमा जोड दिनुभयो । 


नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वाणिज्य मन्त्रालयका दुई निकायले एउटै काम गर्न दिन नहुने बताउनु भयो । उहाँले इन्टर मोडल र पारवहन तथा गोदाम कम्पनीलाई मर्ज गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्सार ऐनमा पारवहन तथा गोदाम तथा वायर हाउस फरक–फरक बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्सार ऐनमा कार्य क्षेत्र तोक्नुपर्नेमा जोड दिनुभयो । 


नेकपा (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले पनि पारवहनले पारवहनको मात्रै जिम्मा दिनेगरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले विगतमा विभिन्न निकायलाई जथाभावी रुपमा जिम्मेवारी दिएको देखिएको बताउनु भयो ।


उहाँले भन्सार,पारवहन र इन्टरमोडलको डे«स समेत फरक–फरक बनाउन ऐनमा व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन