fbpx

‘मातृभाषामा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित हुनुपर्छ’:वैकुण्ठप्रसाद अर्याल

author

समाचारपाटी

९ महिना अगाडि

पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ । 
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताउनुभएको हो । उहाँले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले मातृ भाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दा समेत मातृ भाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको बताउनु भयो । उहाँले कुनै भाषाको पाँच÷सात सय पुस्तक छपाई गर्दा वर्षाै सम्म पनि किताव किन्न आउनेहरु नभएका बताउनु भयो । उहाँले मातृ भाषामा शिक्षा दिनेकुरा प्रभावकारी बन्न नसकेको बताउनु भयो । महानिर्देशक अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताउनु भयो । उहाँले आधारभुत तह १–५ का शिक्षकहरु अझैपनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउनेगरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महशुस भएको भन्दै सोही अनुरुप पाठ्यक्रमहरु परिमार्जन गर्न तयारी गरिरहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘एउटा विषय के देखिएको छ भने संविधानले पनि व्यवस्था गरेको छ, सबै राजनीतिक दलहरुको एक स्वर भएको अवस्था पनि हो कि मातृभाषामा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित हुनुपर्छ भनेर । हामीले अभ्यासमा लैजाने प्रयास गर्यौँ । तर मातृ भाषामै प्रयोग गर्ने प्रयोगकर्ताहरुमा कमी देखिएको छ । जति मान्छेहरुले प्रयोग गर्नुहुन्छ होला भन्ने अपेक्षा थियो, त्यस्तो देखिएको छैन । हामीले कुनै भाषाको ५००÷७०० किताव छपाइ गर्दापनि ति किताव लिन आउने अवस्था देखिएन । त्यसैले हामीले बनाउन खोजेको इफोर्ट्स र अभिभावकको चाहनाको बीचमा, चाहना र हाम्रो प्रयास फरक परेको हो कि जस्तो देखिएको छ । गणित, विज्ञान, कम्प्युटर अंग्रेजी भाषामा पढ्न पाउनुपर्ने भन्ने व्यवस्थामा हामीले के ध्यान दिनु जरुरी छ भने अहिले आधारभुत तह कक्षा १–५ मा पढाइरहने शिक्षकहरु सबै शिक्षक अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले एकैचोटी कानूनमा व्यवस्था गरेर त्यो शिक्षकको क्षमता विकास गर्ने विषय हाम्रो लागि चुनौति बन्न सक्छ कि सुरुका वर्षहरुमा भन्ने विषय छ । यो विषय कसरी हल गर्ने होला ? अहिले देखिएको राष्ट्र र राष्ट्रियताप्रति बफादार हुने पाटोमा चाहीँ हाम्रो पाठ्यक्रममा कहीँ न कहीँ अभाव छ कि भन्ने महशुस भएको छ । पाठ्यक्रम विकास केन्द्रमा विज्ञहरुले दिनुभएको सुझाव पनि छ । त्यसैले अहिले पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम प्रारुपमा नै त्यो विषय राख्नेगरी परिमार्जन गर्नुपर्छ भन्ने हिसावले तयारी गरिरहेका छौँ ।’

उहाँले पाठ्यक्रम राम्रो बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताउनु भयो । उहाँले नेपालको पाठ्यक्रम दक्षिण एशियाको अन्य देशहरुसँग समान जस्तै रहेको उल्लेख गर्दै नेपाली पाठ्यक्रम कमजोर नभएको बताउनु भयो । उहाँले पाठ्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । महानिर्देशक अर्यालले पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धारका २१ वटा र मातृभाषाका ३१ वटा पाठ्यक्रम बनाएको पनि जानकारी दिनुभयो ।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने