fbpx

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठक सम्पन्न ,विभिन्न पाठ्यक्रम स्वीकृत

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठक बुधबार सम्पन्न भएको छ। सो बैठकले माध्यमिक तह (कक्षा९-१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर १५ दिन भित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन गरेको छ ।

सो दुई विषयमा विज्ञहरूले पाठ्यक्रममा विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादम्यता मिलाउने, र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने जस्ता विषयहरूमा सुझाव दिनुभयो । उहाँहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यता कुन हो जस्ता दृष्टिकोणबाट इतिहास विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधताको संरक्षण, हिमाल पग्लने समस्या, चुरेको समस्या र जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई विद्यार्थीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयहरू पाठ्यक्रममा समावेश गरिनुपर्छ भन्ने सुझाव दिनु भएको छ ।बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६-८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गरिएको छ जस अनुसार माध्यमिक तह कक्षा (९-१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

यसैगरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११- १२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरुको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने भएका छन् ।

बैठकले निर्णय गरेअनुसार माध्यमिक तह कक्षा (११-१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको न्भचयलतययिनथ बलम ऋबचभ त्बपष्लन भ्मगअबतष्यल विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचओटा समूहमध्ये कुनै तिन ऐच्छिक विषय रोज्न पाउने छन् ।अब विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्यहरू पनि समावेश हुने भएको छ । आजको बैठकले विद्यार्थीको घरायसी एवम दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६-८) तथा माध्यमिक तह कक्षा (९-१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषदमा पेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ।आज भएको बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।

परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने बृहत छलफल समेत गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू