fbpx

चालु आ.व.को ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्ने बताउनु भयो । उहाँले पुँजीगत खर्च कम भएको स्वीकार गर्दै उहाँले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई तपाईं अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको भन्दै जवाफ दिनुभयो । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले असारमा धान नरोपेपछि नफल्ने उहाँको टिप्पणी थियो । 

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्री समेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद । ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो।  त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु। हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नु पर्छ। तपाईंको अर्का प्रश्न छ– पूँजीगत खर्च भइरहेको छैन। हो, हाम्रो पूँजीगत खर्च कम छ।  तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ। यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ।  हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन र सुस्तता एकै दिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेका छौं र सुधारका केही नतिजाहरू पनि देखिएका छन्। असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफल्ने। अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन।  तर, अहिले हामी कानूनमा भएका अप्ठ्याराहरूलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं ।’
प्रधानमन्त्री ओलीले कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महशुल भुक्तानी सहज पारिएको बताउनु भयो ।  नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको र अब उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन