fbpx

सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको थलो बनोस् :- मन्त्री सुदन किराती

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको फुलबारी बन्नुपर्ने बताउनुभएकाे छ । संस्थानद्धारा आयोजित ‘वशन्त शाश्त्रिय उत्सव २०७९’ तथा कलाकार प्रशिक्षणअन्र्तगत २९औं व्याजका प्रशिक्षार्थीको दिक्षान्त समारोहमा बोल्दै मन्त्री किरातीले भन्नुभयाे, ‘राजा महाराजाले एउटा मुल्यमा स्थापना गरेको यो संस्था अहिले गणतान्त्रिक संस्कृतिमा रुपान्तरीत भएको छ । यो संस्था सबै नेपालीको साझा संस्कृतिको थलो बन्नुपर्छ ।’

संस्थानद्धारा सञ्चालित अभिनय, नृत्य, गायन तथा बाद्यबादन विधामा ६ महिना प्रशिक्षण लिएका विद्यार्थीहरुको दीक्षान्त समारोहमा उनीहरुले आआफ्नो विधामा आकर्षक प्रस्तुति दिएका थिए । सबै विधाका गरी लगभग डेढ सय विद्यार्थीलाई समारोहमा प्रमाणपत्रसहित दिक्षित गरिएको थियो । संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोकप्यासी राईले प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा अभिनयका प्रशिक्षार्थीहरुले नाटक ‘शंख घोष’ मञ्चन गरे । वरिष्ठ नाट्यकर्मी बीरेन्द्र हमालको परिकल्पना तथा निर्देशन रहेको नाटक हेरेका मन्त्री किराती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलगायतले प्रशंसा गर्नुभएकाे थियाे । राज्यमन्त्री ठकुरीले नेपाली संस्कृतिको जगेर्ना र प्रवर्धनमा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताउनुभयाे ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै पछिल्लो समय संस्थान लक्ष्य र उद्देश्यमा आधारित परिणाममुखी काममा लागेको बताउनुभयाे । ‘बर्तमानमा गरेका नीतिगत निर्णय र कामहरु भविश्यमा संस्थानका लागि तागत बन्नुपर्छ’, महाप्रबन्धक राईले भन्नुभयाे ।

कार्यक्रमको दोश्रो चरणमा स्थापीत कलाकारले शास्त्रीय नृत्य तथा वाद्यवादन प्रस्तुत गरी वसन्त शास्त्रिय उत्सवलाई रंगीन बनाए । सन्तोषभक्त श्रेष्ठको इश्राजवादन, सुलोचना गोपालीको भरतनाट्यम जति आर्कषक थियो पं. विष्णुप्रसाद आचार्यको ध्रुपद गायन त्यतिकै रोमाञ्चक थियो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति केके कर्मचार्यलगायतले दिक्षित भएका विद्यार्थीको प्रस्तुतिको प्रशंसा गरेका थिए । सो अवसरमा प्रा. श्रीराम आचार्य र सहप्रा. सरोजनी तण्डुकारद्धारा लिखित पुस्तक ‘संगीत मन्थनाञ्जली’ पनि विमोचन गरिएको थियो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...