सम्पदाको डिजिटल संरक्षण र प्रवद्र्धनका लागि ‘सम्पदा एप’ सञ्चालनमा

author

समाचारपाटी

१ year अगाडि

नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाका डिजिटल संरक्षण तथा प्रवद्र्धन अभिवृद्धिका लागि ‘सम्पदा एप’ को औपचारिक शुभारम्भ भएको छ । 

सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रा. लि.ले काठमाडौंमा एक कार्यक्रम गरी ‘सम्पदा परियोजना’ को औपचारिक शुभारम्भ गरेको हो । कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शुरु गरेको परियोजनाबाट समृद्ध साँस्कृतिक र धार्मिक धरोहारहरुको डिजिटल संरक्षण र प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । यसबाट नेपालको ऐतिहासिक तथा संस्कृतिक वैभवको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा प्रा.लि.ले गरेको मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले बताउनु भयो । उहाँले नेपालको विकास बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार विकासका लागि विनियोजित हुँदा सम्पदाको संरक्षणको विषय सधैँ ओझेलमा पर्दै आएको बताउनु भयो । ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी विनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको अध्यक्ष क्षेत्रीले बताउनु भयो । यसले सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखिकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुर्याउन मद्दत गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि हामी स्थानीय सरकार, स्थानीय÷सामुदायिक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौं । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ ।’

एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्वनीय हुने प्रा.लि.को दाबी छ । यसमा नेपाली, अंग्रेजीसहित विभिन्न भाषाहरुमा सूचना उपलब्ध हुनेछ । प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रुपान्तरण गर्नसक्ने गरी एप निर्माण गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर श्रव्यको प्रयोग गरिएको छ । प्रयोगकर्ताले एपमा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तरक्रिया गर्नसक्ने पनि अध्यक्ष क्षेत्रीले बताउनु भयो । त्यसैगरी एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सकिनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.०३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन