पोखरा । कास्की जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा संचालित क्रशर उद्योगहरूको सोमबारदेखि अनुगमन गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयाे।
कास्की जिल्लामा संचालित केही क्रशर उद्योगहरूले बातावरण तथा बिकासका पूर्बाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको जन गुनासो बढेपछि उक्त उद्योगहरूको बैधता र संचालनको अवस्था बुझ्न अनुगमन गरिनेछ । अनुगमन पछि त्यस्ता उद्योगहरुको विवरण तयार गरि कानुन तथा मापदण्ड बिपरित संचालित भएकालाइ कानुनको दायरामस ल्याइने भन्दै पौडेलले बातावरण र बिकासका पूर्बाधारमा समेत असर पारेको देखिएमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयाे।
जनहित तथा कानुन बिपरित काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने र कानुनी राज्यको अनुभुती हुने गरि अब समिती क्रियाशिल हुनेछ पौडेलले उल्लेख गर्नुभएकाे छ। जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा जिल्लाका पालिकाका प्रमुखहरू ,प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका प्रमुख , घरेलु कार्यालयका प्रमुख , डिभिजन वन कार्यालय कास्किका प्रमुख, ससस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख ,पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख,आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान रहेको छ।