fbpx

स्याङजाको कोल्मामा सम्पन्न पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे ।

क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले १ घण्टा ३२ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोश्रो स्थान हाँसिल गरेभने निर्धारित दुरी १ घण्टा ३२ मिनेट ५६ सेकेण्डमा पार गर्दै रमेश लिम्बुले तेश्रो स्थान हांसिल गरे । काकीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको हो । त्यसैगरी २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले हात पारे । निर्धारित दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै गुरुङले उपाधी सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे उपविजेता सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गरे । उप बिजेता बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गोर्खाका अशोक बरामले निर्धारित दुरी ५१ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो स्थान सहित नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारिन । बुढामगरले उपाधि सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भइन ।

प्रतियोगिताको अर्को विद्या विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त गरे । रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद आठ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो स्थान हाँसिल गर्नेले नगद चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय सम्भावना बोकेको कोल्मामा खेलकुदको बिकासका लागि आगामी आर्थिक बर्षको बजेटमा रातो किताबमै समेटेर बजेट निकासा गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी कोल्माकोट र कोल्मामा निर्माणाधिन बौद्ध गुम्बाको लागि समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने वताए ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक