क्रिस्टियानो रोनाल्डोको १२ सयौँ खेल पूरा,अल-रियादविरूद्ध गरे गोल र असिस्ट

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् । अल नासेरका लागि अल-रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरे । साउदी प्रो लिग अन्तर्गत अल-रियादलाई ४-१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए । रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफ्नो काम अझै नसकिएको बताएका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् । रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए । साउदी प्रो लिगले सामाजिक सञ्जालमा रोनाल्डोले १२०० खेल खेलेको पुष्टी गर्दै पोष्ट गरेको छ । यस्तै रोनाल्डोले पनि इन्स्टाग्राममा पोष्ट राख्दै सबैलाई धन्यवाद दिएका छन्, ‘अर्को ३ अंक । मेरो १२०० खेल पुर्‍याउन मद्दत गर्ने सबै टिममेटहरुलाई धन्यवाद ।’ दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी यस्तै रोनाल्डो जुनमा दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी बनेका थिए ।

उनले पोर्चुगलका लागि कीर्तिमानी १२८ गोल गरेका छन् । यस्तै युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक १८३ खेल खेलेका छन् । रोनाल्डोले अहिलेसम्म पाँच फरक क्लबका लागि खेलेका छन् । जसमा उनले पोर्चुगलको स्पोर्टिङका लागि ३१ खेल खेलेका छन् । यस्तै इंग्लयाण्डको म्यानचेष्टर युनाइटेडको लागि ३४६, स्पेनको रियल मड्रिडका लागि ४३८, इटलीको युभेन्ट्सका लागि १३४ र अहिले खेलिरहेको सायदी क्लब अल नासेरका लागि ४६ खेल खेलेका छन् । पोर्चुगलको राष्ट्रिय टिमबाट उनले २०५ खेल खेलिसकेका छन् ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन