fbpx

‘मलाई युरोपमै धेरै अवसर थियो म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ’:-क्रिष्टियानो रोनाल्डो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताउनुभएकाे छ । यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको उहाँले बताउनुभयाे ।

एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । पोर्चुगलका यी कप्तानका अनुसार उहाँलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो ।

‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उहाँले भन्नुभएकाे छ, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’

अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उहाँले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।

रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भन्नुभएकाे छ , ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु । मलाई युरोपमै धेरै अवसर थियो । ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए ।’

पाँचपल्ट बेलोन डी’ओर अवार्ड जित्नुभएका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उहाँकै परिचित ‘सिउउ।’ सेलिब्रेसनद्वारा स्वागत गरिएको थियो । उहाँले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गर्नुभयाे ।

‘मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ । मैले धेरै खेलहरु हेरेको छु । म आजदेखि खेल्नका लागि तयार छु । कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भन्नुभयाे ।

अल नासरका प्रमुख प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरबका लागि ठूलो सफलता भएको बताउनुभयाे ।

एजेन्सि


काठमाडौं

आइतवार, माघ २७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर