fbpx

भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते हुनुभएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५।३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते बन्नुभएका उहाँको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ । पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै हुनुहुन्थ्याे । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उहाँको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको प्रहरीलाई उद्धृत गर्दै भास्करले खबर लेखेको छ ।

उत्तराखण्डका प्रहरी अधिकारीहरूले कार चलाउँदा पन्त निदाएकाले उहाँको कारले नियन्त्रण गुमाएको जानकारी दिएका छन् । दुर्घटना हुँदा पन्त गाडीमा एक्लै हुनुहुन्थ्याे । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्कनुभएकाे थियाे । पन्तको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । चिकित्सकका अनुसार उहाँको अवस्था खतरामुक्त छ ।

चिकित्सकले एमआरई गरेपछि मात्रै उहाँको घुँडाको कुन हड्डी भाँचिएको हो थाहा हुने बताएका छन् । उनीहरूले पन्तको शल्यक्रिया गर्नुपर्ने पनि बताएका छन् ।

एजेन्सी


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन