fbpx

त्रिकोणात्मक श्रृंखलाको छैटौं खेलमा पनि नेपाल जितविहीन

author

समाचारपाटी

२ महिना अगाडि

घरेलु मैदानमा भएको थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक  टी ट्वान्टी क्रिकेट श्रृंखलामा नेपाल जितविहीन भएको छ ।

त्रिकोणात्मक श्रृंखलाको आफ्नो अन्तिम तथा छैटौं खेलमा पनि शुक्रवार थाइल्याण्डसँग सात विकेटले पराजित भएसँगै नेपाल जितविहीन भएको हो । यो जितसँगै थाइल्याण्ड त्रिकोणात्मक टी ट्वान्टी श्रृंखलाको च्याम्पियन भएको छ । थाइल्याण्डले श्रृंखलाको पाँच जित र डच टोलीले चार जित र दुई हार सामना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार पनि खराब ब्याटिङ सामना गरेपछि नेपालले हार सामना गर्नुप¥यो । नेपालले ८३ रनको झिनो लक्ष्य दिएको थियो । जबाफमा थाइल्याण्डले १७ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाइले सर्वाधिक २७ रन बनाइन् ।

उनले अविजित रहँदै ३४ बलमा दुई चौका हिर्काइन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नान्नापात कोन्चारोइन्काईले २३ रन जोड्दा ओपनर नाताया बुचाथमले ११ रनको योगदान गरिन् । सामान्य लक्ष्य पाएको थाइ टोलीले शुरुदेखि नै सहजै ब्याटिङ ग¥यो । दोस्रो ओभरमा नै नेपालले पहिलो विकेट लिएपनि झिनो लक्ष्य जोगाउन सकेन । नेपालले ६ बलर प्रयोग गरे पनि सफलता पाउन सकेन । कप्तान इन्दु बर्माले दुई तथा पूजा महतोले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको सामान्य योगफल खडा ग¥यो ।

शुरुदेखि नै सुस्त ब्याटिङ गरेको नेपालका लागि राम्रो साझेदारी नै बन्न सकेन । ओपनर सम्झना खड्काको १७ रन नै सर्वाधिक व्यक्तिगत योगफल रह्यो । उनले २९ बलमा एक चौका हिर्काइन् । मध्यक्रमका ब्याटर कविता जोशीले १४ रन र कप्तान ईन्दुले १० रनको योगदान गरिन् । अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे । थाइल्याण्डको बलिङमा ओनिचा कामचोम्फुले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १५ रन खर्चिइन् । चानिदा सुथिरुवाङ, नाताया र सुलिपोर्न लाओमीको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ,। 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...