fbpx

क्रिकेट लिग : स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायो ।

स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयो । उसका लागि लोहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयो । उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।

यो जितसँगै स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेको शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएको छ ।

योसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनोट खेल्ने समीकरण कठिन बनेको छ, अब उसले १ खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन