आईपीएलको १६औं संस्करण आजदेखि सुरु

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । विश्वकै चर्चित र धेरै फलो गरिने क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ ।

कोभिड १९ महामारीले गर्दा पछिल्ला केही संस्करण प्रभावित बन्दा सीमित भेन्युमा खेलाउनु परेको थियो । तर आईपीएलको नयाँ सिजन भने नयाँ फर्म्याटसँगै होम एण्ड अवे प्रणालीमा फर्किएको छ । १६औं संस्करणको आईपीएलमा केही नयाँ प्रयोग समेत हुँदैछ ।

साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच हुने उदघाटन खेलसँगै आईपीएलको नयाँ रौनक सुरु हुँदैछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नुहुनेछ ।

यस खेलअघि उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् । २०१९ को संस्करणपछि आईपीएल पहिलो पटक होम एण्ड अवे प्रणालीमा हुनेछ । जसले गर्दा फ्रेन्चाइज टिमदेखि समर्थक र दर्शकमा समेत उत्साह छाएको छ ।

१० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन् । हरेक टोलीले घरेलु मैदानमा खेल्न पाउने भएपछि टिमका समर्थकहरु उत्साहित छन् । यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन् । जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नुपर्नेछ ।

२०२२ को पछिल्लो संस्करण मुम्बई र पुनेमा आयोजना भएको थियो भने २०२१ को सुरुवाती खेल भारतमा र पछिका खेलहरु युएईमा खेलाइएको थियो । यस्तै २०२० मा भने सम्पूर्ण खेल दुबईमा भएको थियो । २०२२ को प्लेअफ र फाइनल खेल भने कोलकता र अहमेदावादमा पनि खेलाइएको थियो । कोभिड १९ का कारण भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पछिल्ला तीन संस्करण निकै सावधानी तरिकाले गरेको थियो ।

२०२३ मा नयाँ नियम

१६औं सिजनका लागि बीसीसीआईले नयाँ नियम समेत लागु गर्दैछ । जसमा इम्प्याक्ट प्लेअर रुल पनि छ । आईपीएलको इतिहासमै यस पटक केही परिवर्तन देखिनेछ ।

नयाँ सिजनमा टस अघि दुई टिमका कप्तानले दुई फरक टिमको लिस्ट लैजान सक्नेछ र टस गरेपछि आफ्नो अन्तिम ११ जनाको सूची बुझाउन पाउनेछ ।

टसको नतिजा अनुसार टिमले आफ्ना उत्कृष्ट ११ खेलाडी छान्न सक्नेछ । गत सिजनसम्म भने कप्तानले टस अघि नै टिम सूची एकापसमा साट्नुपर्ने थियो ।

यसअघि जस्तो ‘टस जित र खेल जित’ भन्ने नारामा बीसीसीआईले नयाँ नियम लागु गर्न लागेको हो । जसले गर्दा खेलमा अझ रोमाञ्चकता आउने अपेक्षा छ ।

नयाँ सिजनको आईपीएलमा हरेक इनिङ्समा दुई पटक डीआरएस लिन पाउनेछन् । यस्तै खेलाडीले वाइड र नो बलका लागि पनि रिभ्यु गर्न पाउनेछन् । क्याचआउट भएपछि नयाँ ब्याटरले स्ट्राइक लिनेछन् ।

यदि कोभिड १९ का कारण टिमले पहिलो रोजाइको टिम समेत उतार्न नसकेमा बीसीसीआईले खेललाई पुनः खेलाउने प्रयास गर्नेछ । यदि पुनः खेलाउन नसकिएमा आईपीएलको टेक्निकल टिमले त्यसलाई ह्यान्डल गर्नेछ । यदि प्लेअफ र फाइनलमा सुपर ओभरपछि पनि नतिजा नआएमा लिगमा उच्च स्थानमा रहने ६ टिमलाई विजेता घोषित गरिनेछ ।

आईपीएलमा यस सिजनदेखि इम्प्याक्ट प्लेअर रुल लागु गर्न लागिएको छ । इम्प्याक्स प्लेअर भारतीय खेलाडी मात्र हुन सक्छन् । किनभने एक टिमले पहिलो रोजाईमा चार विदेशी खेलाउन पाउँछन् र अधिकांशले पहिलो रोजाईमै विदेशी खेलाडीको कोटा खेलाइसक्छन् ।

टिम सिट राखिएको चार सब्सिच्युट खेलाडीमा विदेशी खेलाडी भएमा मात्र विदेशी खेलाडी इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ ।

हरेक टिमले टसको समयमा पहिलो रोजाईसँगै चार सब्सिच्युट खेलाडीको नाम पनि बुझाउनुपर्नेछ र त्यसमध्ये एक खेलाडी मात्र इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ । इम्प्याक्ट खेलाडीको चयन कप्तानले गर्नेछन् ।

इम्प्याक्ट प्लेअर इनिङ्सको अघि वा ओभर सकिएपछि वा विकेट गएपछि वा ओभर चलिरहेको बेला कुनै ब्याटर रिटायर भएमा प्रयोग गर्न पाउनेछ ।

इम्प्याक्ट प्लेअर रिप्लेस गरेको खेलाडी, जसलाई ‘रिप्लेस्ड प्लेअर’ भनिन्छ, खेलको बाँकी समयमा भाग लिन पाउँदैन र वैकल्पिक फिल्डरको रुपमा समेत मैदान फर्कन पाउँदैन ।

बीसीसीआईले इम्प्याक्ट प्लेअरले कप्तानको रुपमा भूमिका निर्वाह गर्न नपाउने निर्णय गरेको छ । खेलमा उत्रिएको दुवै टिमले एक खेलमा एक मात्र इम्प्याक्ट प्लेअर प्रयोग गर्न पाउनेछन् । तर यो अनिवार्य भने छैन ।

यदि कुनै खेलाडी खेलको दौरान घाइते भएमा र उसलाई इम्प्याक्ट प्लेअरले रिप्लेस गरेमा घाइते खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

एशियाली खेलकुदको विशेष प्रशिक्षण थाल्न खेलाडी संघको आह्वान

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.८३°

-
Clouds