‘समृद्ध समाज निर्माणको आधारः सिर्जनशील तथा गुणस्तरीय शिक्षा’– विद्या भट्टराई

author

समाचारपाटी

२ years अगाडि

पोखरा । समृद्ध समाज निर्माण गर्ने हो भने शिक्षालाई सिर्जनशील तथा गुणस्तरीय बनाउनुपर्ने कुरा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद माननीय विद्या भट्टराईले पोखराको मदल्याण्डमा आयोजित अट्ठाइसौँ वार्षिक सांस्कृतिक कार्यक्रममा शनिबार व्यक्त गर्नुभएको छ ।

शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यस विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रमको दोस्रो दिनको कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथिका तर्फबाट उहाँले भन्नुभयो, “विद्यालय भनेको जीवनोपयोगी ज्ञान सिकाइको एउटा महत्त्वपूर्ण क्षेत्र हो । आज लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थाको सुरुआत भएको छ । यसमा हरेक मान्छेले आफ्नो विचार खुला रूपमा व्यक्त गर्न पाउनुपर्छ । हरेक व्यक्तिमा रहेको ज्ञान र सिर्जनशीलतालाई स्पष्ट रूपमा पोख्दै व्यापक परिचालन गर्न पाउनुपर्छ ।”

यसै अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै छवि निर्माण गर्न सफल भएको भनी विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले थप्नुभयो, “लोकतन्त्रमा शिक्षालाई कस्तो बनाउने भन्ने प्रमुख दायित्व राज्यको हो । राज्यको शिक्षा नीतिअन्तर्गत रहेका निजी र सार्वजनिक दुवै क्षेत्र राज्यका अङ्ग हुन् । निजी विद्यालयले राज्य र सरकारलाई दक्षजनशक्ति उत्पादन गरी देशविकासमा सहयोगीको भूमिका खेलिरहेका हुन्छन् । जनताको जनमत पाएर निर्वाचित भई गएका प्रतिनिधिहरूले देशनिर्माणमा सहयोग पुर्याउने संस्थाहरूप्रति उत्तरदायी भएर अगाडि बढ्नुपर्छ ।”

यसका साथै उहाँले विद्यालय, विद्यार्थीहरू, ऊर्जाशील शिक्षककर्मचारी र सचेत अभिभावकको अभेद सम्बन्ध र मेलमिलापबाट नै विद्यालयले आशातीत सफलता हाँसिल गर्न सक्दछ भन्ने कुरा पनि व्यक्त गर्नुभयो ।

किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित त्यस कार्यक्रमको दोस्रो दिन कक्षा चारदेखि कक्षा आठसम्मका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति, भेषभुषा झल्कने एवम् जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसनहरू प्रस्तुत गरिएका थिए ।

यस अवसरमा विद्यालयभन्दा बाहिरका शिक्षा तथा सहकार्यकलापअन्तर्गतका कार्यक्रममा उत्कृष्ट स्थान एवम् तह पूरा गरेका विद्यार्थी र पूर्व विद्यार्थीहरू रविन पहारी, सन्दीप आचार्य, विकास अधिकारी, सन्दीप कोइराला, प्रतिभा पौडेल, प्रभाव पौडेल, अनुजा शर्मा, सरोज आचार्य, प्रतिमा भण्डारी, सरोजजङ कुँवर, भावना केसी, पङ्कज बराल, सनिक्षा बराल, रमिला बराल, सुस्मिता पराजुली, सजग तिवारी, बरुण पौडेल, अनिलराज कोइराला, रेशम कोइराला, अस्मिता बराल, डा.रक्षा पाठक, डा.विजय सिग्देल, प्रशान्त बराल, विकी भण्डारी, रुचि पाठक, सन्दीप अधिकारी, अन्जु कोइराला अधिकारी, ऋजु शर्मा र रामशरण बराल तथा विद्यालयमा बिस वर्ष सेवा पूरा गर्नुभएका शिक्षक कर्मचारी श्रीधर बराल, सीता भट्टराई, कमल चौधरी, गोविन्द सुवेदी, शम्भु पोखरेल, केशबहादुर गुरुङ र बुद्धिराम चौधरीलाई मायाको चिनो, माला र दोसल्लाले समान गरिएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख तथा कार्यक्रम संयोजक सुनिल सुवालले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोखरेलको सभापतित्वमा आयोजित यस कार्यक्रम दोस्रो दिन प्रा. वि. इन्चार्ज केशु शर्मा र प्रशासक एवं मा.वि. इन्चार्ज डिल्लीराम भट्टराईका साथमा कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीहरूले सञ्चालन गरेका थिए ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’