fbpx

नेकपा एकीकृत समाजवादी ले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने

author

समाचारपाटी

१ year अगाडि

नेकपा एकीकृत समाजवादी) को केन्द्रिय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ । 

गत मंगलवारदेखि शुरु भएको बैठकका निर्णइ सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अघावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने बताएको छ । बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ । त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताउनु भयो । १५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनैपनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने बताउनु भयो ।

 उहाँले भन्नुभयो, अध्यक्ष कमरेडले बैठक समक्ष प्रश्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित भएको छ । नेकपा (एकीकृत समाजवादी) लाई मुलुकको नेतृत्वकारी कम्युनिष्ट पार्टी बनाउनु यो अवधिकालागि हाम्रो सबैभन्दा महत्वपूर्ण अभिभारा हो । देशभरी पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिनेछ र आगामी दिनमा हाम्रा सबै राजनीतिक र साङ्गठानिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुनेछन् । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ । मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिनेछ । ठूला सामाजिक तथा राजनीतिक पहलकदमीमा युवा समुदायको भुमिका सधैँ स्थापित छ ।

पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अघावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रिय कमिटीका सदस्यको जिम्मेवारी तोकिनेछ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्नु र सबै कमिटीहरुले सदस्यताको वितरण गर्नु सङ्ठनका क्षेत्रको सबैभन्दा महत्वपूर्ण काम हुनेछ । सबै जनसङ्गठनले आगामी पार्टीको राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म सङ्गठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्नेछन् । महाधिवेशनसम्म जाँदा केन्द्रिय कमिटी र निकायमा आवद्ध कमरेडहरुको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिइएको छ । विभिन्न समयमा पार्टीमा एकीकरण तथा समावेशन भई आउँदा गरिएको समझदारी मुताविक तथा आगामी कामको आवश्यकता र योग्यताको हिसावले विभिन्न कमरेडहरुको जिम्मेवारीबारे निर्णय गर्नुपर्ने भएको छ । साथै, नेकपा एमालेबाट स्वतन्त्र रहनुभएकी कमरेड चन्द्रा श्रेष्ठले पार्टीमा सामाहित हुन इच्छा जाहेर गर्नुभएको कुरालाई स्वागत गर्दै उहाँलाई उपयुक्त जिम्मेवारी दिनुपर्नेछ । यसको सबै जिम्मा केन्द्रिय सचिवालयलाई दिइएको छ । पार्टीमा कुनै पनि कमिटीको बैठकका निर्णयअनुसार हरेक कमरेडले लिएका जिम्मेवारीको अनुगमन गर्ने अर्थात उहाँहरुले कुन दिन कुन काम गर्नुभयो भन्ने समेतको जानकारी त्यही समयमै केन्द्रमा आउने व्यवस्था गरिनेछ ।

सदस्यताको आवेदन आवेदकले फोनबाटै गर्न सक्ने व्यवस्था गरिनेछ । साथै, पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिनेछ । १५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनैपनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिन्छ र त्यस्ता कमरेडहरुलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिनेछ । कमरेड टीकाराम रिजालले उमेरका कारणले गर्दा केन्द्रिय कमिटीमा रहेर काम गर्न असमर्थ भएको जानकारी बैठकलाई गराउँदै आगामी दिनमा नयाँ पुस्तालाई प्रेरित गर्दै निरन्तर पार्टी र क्रान्तिको काममा रहने इच्छा जाहेर गर्नुभएको छ । कमरेड टीकाराम रिजालले पार्टीमा रहेर आजसम्म सक्रियतापूर्वक निर्वाह गर्नुभएको योगदान र जिम्मेवारी परिवर्ततन गर्न देखाउनुभएको प्रष्टताको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँबाट यथाशक्य योगदानको अपेक्षा गर्छ ।

एमसीसी सम्झौताको कार्यान्वयको अनुगमन गर्न र पार्टीका तर्फबाट जनतालाई सुसुचित गर्न पार्टीले अनुगमन समिति बनाउनेछ । पार्टी कामको आवश्यकता अनुसार पार्टीका विभिन्न तहमा केही कमरेडहरुलाई मनोनित गर्नुपर्ने भएमा मनोनयन गर्ने जिम्मेवारी पार्टी केन्द्रिय सचिवालयलाई दिइएको छ ।’बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधिन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरुलाई झुटा मुद्दामा फसाउने लगायतका दलित माथी हुने जातीय छुवाछुत र भेदभावको घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ ।  


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक