fbpx

नेकपा (एकीकृत समाजवादी) यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

author

समाचारपाटी

१ year अगाडि

नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । नेकपा(एकीकृत समाजवादी)का सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् । बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनु भयो । उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनु भयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो – ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरु सबैले कडाइका साथ कुरा उठाउनुभएको छ । र यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरुले बताउनुभएको छ । यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ, तपाईले प्रधानमन्त्री, अर्थमन्त्रीहरुलाई समय राख्नुस् । अझ अर्को कुरापनि साथीहरुबाट सुझाव आएको छ, गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् भन्नेखालको कुरा भएको छ । अहिले भर्खरै अर्थमन्त्रीसँग पनि सम्पर्क भएको छ । दुई दिन अगाडी मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु, यथास्थितिमा यो बजेट पारित हुँदैन । यसमा परिवर्तन गरेर, असन्तुलन भएको कुरालाई सन्तुलित बनाएर मात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’

उहाँले बजेटकै कारण सत्ता समिकरण भने नटुट्ने बताउनु भयो । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाई छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उहाँले बताउनु भयो ।


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन