fbpx

अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँः नेकपा एकीकृत समाजवादी

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ ।


मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनु भयो । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताउनु भयो । उहाँले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि बढाएको खण्डमा राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभयो । त्यो छलफलका लागि सदस्यहरुलाई बाँडिएको छ । छलफल गरेर भोलि बिहान ८ बजेदेखि बस्ने बैठकमा उहाँहरुले आफ्ना धारणा राख्नुहुनेछ । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट निर्माण गर्छौं, बिस्तार गर्छौं भन्ने हाम्रो थप कार्ययोजना छ । त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको छ । पार्टीका आगामी दिनका दैनिक कार्ययोजनाहरु छन्ः प्रदेश अधिवेशन, जिल्ला अधिवेशनको स्थिति के छ ? पार्टी कार्यकर्ताको स्थिति के छ ? कसरी अघि जाने भन्नेबारेमा पनि छलफल गरिएको छ । केन्द्रिय कमिटीको बैठक यही ८ र ९ गते बस्दैछ । त्यसको कार्यसूचि तयार गर्ने र अध्यादेशको विषयमा केही छलफल भएको छ । अध्यादेशलाई दुई प्रक्रियाबाट हेरेका छौँ । एउटा त्यसको विषयवस्तुको कोणबाट र अर्को प्रक्रियाको कोणबाट, प्रक्रियागत रुपले यो त्रुटीपूर्ण छ । त्यसकारण यो प्रक्रियालाई मान्न सकिँदैन । अध्यादेशको विपक्षमा हामी उभिनेछाैँ । विषयवस्तुको हिसावले सरकारले अध्यादेश फिर्ता लिएर यदी त्यो विधेयक भएर आए त्यसका राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्नेछौँ ।’
पार्टीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलका लागि सदस्यहरुलाई बाँडिएको र छलफल गरेर बुधवार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने बताउनु भयो । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट पार्टी निर्माण गर्ने र त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको बताउनु भयो । फागुन ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकको कार्यसूचि तयार बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन