fbpx

एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय रहने 

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ । पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँकाअनुसार कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ । उहाँले बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको बताउनु भयो । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव,उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उहाँले बताउनु भयो । त्यस्तै बैठकले अगामि निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जाने समेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार जनजिविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएको छ । जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिन उहाँले बताउनु भयो ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन आजको आवश्यकता, उपाध्येयता र संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वाला यस कार्यदलको संयोजक तोकिनुभएको छ । अरु छ जना सदस्यहरु पनि त्यसमा रहनुभएको छ । सदस्यहरुमा प्रकाश ज्वाला, गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ । पार्टीको स्थायी कमिटि र पोलिटब्युरोमा रहेका सदस्यहरु यसमा समावेश हुनुहुन्छ । हाम्रो पार्टी अगामि दिनमा हुने निर्वाचनहरुमा एकल उम्मेदवारी दिनको लागि सम्पूर्ण तयारीका साथ जनताको बीचमा जानेछ । कलम चुनाव चिन्हका उम्मेदवारहरुलाई देशका प्रत्येक निर्वाचन क्षेत्रमा उठाउने गरी तयारी गर्ने निर्णय गरेका छौं । हाम्रो पार्टीले आजको दिनमा कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै बामपन्थीहरुसँग सहकार्य गरेर विभिन्न एजेण्डाहरुमा काम गर्न सकिने तर एकताको सम्भावना नरेहकोले त्यतातिर ध्यान केन्द्रित नगरेको र पार्टी सुदृढिकरणका लागि मात्रै आफ्नो योजना बनाउने निर्णय गरेको छ । केही नेताहरु पार्टीमा आउनको लागि संवाद चलिरहेको छ । आजको हाम्रो बैठकले उहाँहरुसँग संवाद गर्ने निर्णय गरेका छौं । त्यसैगरी पार्टीलाई जनतासँग जोड्नका लागि जनताका दैनिक समस्याहरुलाई उहाँहरुको जनजीविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्न सकिन्छ सम्झेर अबको केही महिना जनसंघर्ष सञ्चालन गर्ने र जनताको आवाज उठाएर आन्दोलन गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म हाम्रा आवाज बुलन्द गर्ने कार्यक्रम बनाएका छौं केही दिनभित्र ति कार्यक्रमहरु सार्वजनिक गरिनेछन् । कार्यविभाजनको सन्दर्भमा आज प्रश्ताव गरिसकेपश्चात आएका सुझावहरुलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौं ।  पार्टीको केन्द्रीय सचिवालय समिति गठन गरिएको छ । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति गठन गरिएको छ । केन्द्रिय कार्यालय समेत गठन गरिएको छ । कार्यविभाजनको सन्दर्भमा आज प्रश्ताव गरिसकेपश्चात आएका सुझावहरुलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौं । ’


पार्टीलाई जनतासँघ जोड्नको लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनसंघर्ष गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू