fbpx

एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटिको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहेपनि पार्टी एकताको सम्भावना नरेहको बताउनु भयो । उहाँ राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैं तयार रहेको समेत बताउनु भयो । उहाँले बैठक अगामि निर्वाचनहरुमा नेकपा ९एकीकृत समाजवादी०लाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको स्थायी कमिटिको बैठक आज पाँचौँ दिन पनि छलफल मै व्यवस्त छ । हामीले समसामयीक राजनीतिक विषय र पार्टी सुदृढिकरणका लागि अगामि कार्ययोजनाको विषयमा छलफल गरेका छौं । अब जनताको जनजीविकार मागहरुसँग जनतालाई जोडेर घरघरबाट जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ भन्ने दिशामा हाम्रो निर्णय केन्द्रित छ । त्यही अनुरुपको निर्णय भोलि सार्वजनिक गर्नेछौं । त्यसैगरी अगामि निर्वाचनहरुमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिष्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ । यसबारे पनि निर्णय भोलि नै आउने छ । हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकिकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जिवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न तयार छौं । तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकिकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’

भोलि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने उहाँले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक