fbpx

राजनीतिक स्वार्थ पूरा गर्न निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागेःमहेश बर्तौला

author

समाचारपाटी

१0 महिना अगाडि

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरु कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरु माथिल्लो तहको सेटिङमा लागेको बताउनु भयो । उहाँले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहमा सेटिङ गरेर मजुवा,भैसे,बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गर्नुभयो । उहाँले यो काममा कर्मचारीहरुको पनि संलग्नता रहेको जानकारीमा आएको उल्लेख गर्नुभयो । राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गर्नुभयो । उहाँले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजना विहीन भएको दाबी गर्नुभयो । उहाँले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हेटौँडा सिमेन्टको महाप्रवन्धक कृषिको विज्ञ भएको बताउनु भयो । उहाँले अहिले सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गर्नुभयो । उहाँले अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारको स्वामित्वमा रहेका उद्योगहरुमा नियुक्ति भएर जाने जीएम र सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक टिम उद्योगसँग सम्बन्धि ज्ञान र अनुभवको अभाव भएका व्यक्तिहरु नियुक्ति गर्ने गरेको कारणले पनि उद्योगहरु धरासाही हुने अवस्था भयो । हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु एउटा कारण त्यो पनि हो । नार्कका विज्ञ अहिले हेटौँडा सिमेन्टको जीएम हुनुभएको छ । सम्बन्धित क्षेत्रको विज्ञ मानिस चाहिन्छ । मन्त्रीले आफ्नो पार्टीको व्यक्ति जीएम बनाएर पनि त्यो क्षेत्रको विज्ञ व्यक्ति बनाउनु पर्छ । निजी सिमेन्ट उद्योगहरु हेटौँडा सिमेन्ट उद्योगका चार वटा खानीहरु रहेका छन् । बिशेष गरी मजुवा,भैसे,बोखरे र धादिङको खानी हेटौडा सिमेन्ट बन्द भयो भने कब्जा गर्न सकिन्छ भनेर केही राजनीतिक स्वास्र्थमा केही ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहको सेटिङमा लागेका छन् । नेपालको कर्मचारीतन्त्र त्यसमा जानेर वा नजानेर थाहा पाउने नपाउने गरी समावेश भएको जानकारी छ । समय आएपछि भन्नसक्छौं । उद्योग बन्द गराउन यस्तो खालको खेती हुने कुरा बेठिक छ । यस्तो विषयमा समितिले खाल गर्नुपर्छ । हेटौँडा सिमेन्ट उद्योगमा २ लाख ५० हजार बोरा सिमेन्ट स्टक छ । उपयुक्त बजारको व्यवस्थापन मन्त्रालयले किन गर्न सक्दैन ।’

उहाँले ३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजी परिमार्जन नगरे निजी उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले १५५ विघा जग्गामा फैलिएको सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगमा थोरै लगानी गर्दा चल्ने अवस्था रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने