fbpx

मोरङ सुन्दरहरैँचामा भारतीय युवा मृत फेला

author

समाचारपाटी

१ year अगाडि

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा आइतबार दिउँसो एक जना भारतीय युवा शंकास्पद अवस्थामा मृत फेला परेका छन्। भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो। खानको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ।डीएसपी भण्डारीले निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको जानकारी दिनुभयाे। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो। 

प्रहरीका अनुसार पैनीमा शव देखेपछि जनप्रतिनिधि र स्थानीयले दिउँसो साढे १२ बजेतिर खबर गरेका हुन्। भारतीय नागरिक खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। ‘घटना शंकास्पद देखिन्छ। चोटपटक रहेको अवस्थामा पानीभित्र शव फेला परेको छ,’ डीएसपी भण्डारीले भन्नुभयाे, ‘विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्छ। प्रारम्भिक अनुसन्धानबाट केही भन्नसक्ने अवस्था भएन।’

हत्या गरेपछि शवलाई पैनीमा फालिदिएको हुनसक्ने आशंकामा विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक