fbpx

‘राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र हरेक किसिमले उत्तम छ’:- प्रदीप ज्ञवाली

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुभएको छ ।
सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताउनु भयो । उहाँले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रुपले पराजित हुने अवस्थामा भइहाल्यो नि त तिमीलाई सम्मान हुनेभयो । मदन भण्डारीको भाषामा भन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्, है भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निस्कर्षमा पुगेका हौँ की अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन् । राजतन्त्रका अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि उ निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निस्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ । हो गणतन्त्रले भने जस्तो गरी डेलिभरी दिन नसकेको होला । कतिपय पात्रहरुको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवममा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो र यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’


उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक