fbpx

सांसद बरालको प्रश्नः विदेशी पर्यटक भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ?

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित योजना नरहेको बताउनुभएको छ । 

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले समितिमा प्रश्तुत गर्नुभएको कार्यपत्रबाट पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजनामा नरहेको स्पष्ट हुने बताउनु भयो । उहाँले कार्यकारी निर्देशक रेग्मीले आफ्नो कार्यपत्रमा विदेशमा कति अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन् र तिनीहरुले के काम गरिरहेका छन् ? भन्नेबारेमा भन्न नसकेको बताउनु भयो । बाहिर रहेर नेपालमा पर्यटक भित्र्यान कसले कति प्रभावकारी काम गर्नसक्छन् भन्नेकुराको व्यवस्थित योजना बनाउन आवश्यक रहेको बताउनु भयो । सांसद बरालले पर्यटन बोर्डले नेपाल आउने पर्यटकहरुले नेपालमा घुम्ने ठाउँहरुको जानकारी लिन कल सेन्टरको व्यवस्था गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन्, कतिले कसरी काम गरिरहेका छन् भन्नेकुरा अहिलेको प्रश्तुतीमा कतै आएन । त्यसको मतलव हामी व्यवस्थित रुपमा नेपाल बाहिरबाट नेपाल भित्रिने पर्यटकहरुलाई कसरी ल्याउँछौँ भन्ने कुरामा समृद्ध योजनामा छैनौँ भन्न सक्छौँ । नेपाल र नेपालका कार्यक्रमहरु बेच्ने एजेण्टहरु कोको हुन् र कसले कति प्रभावकारी काम गर्नसक्छन् भन्नेकुराको व्यवस्थित योजना बनाउन आवश्यक छ । आजसम्म पर्यटन बोर्डले विश्वभरबाट फोन गर्ने व्यक्तिलाई सूचना दिन आफैँले इनिसिएशन लिनुपर्छ भनेर आवश्यकता महशुस नगरेको हो की ? आवश्यकता नभएको हो ? एउटा कल सेन्टरको व्यवस्था गरेर नेपाल बाहिरबाट नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्छ ।’

सांसद बरालले काठमाडौं, चितवन, पोखरा र लुम्बिनी भन्दा बाहिर पनि कार्यक्रमहरु गर्नेर पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने