fbpx

एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

author

समाचारपाटी

२ महिना अगाडि

सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो । एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताउनु भयो ।

संयोजक भट्टराईले भन्नुभयो, ‘पर्सीको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पु¥याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौ भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं । र दरबारमार्गमा हाम्रो सभा हुनेछ । अलि फराकिलो सडक त्यही पायौ, यता भृकुटीमण्डवमा गर्ने कि भन्ने कुरा थियो । हाम्रो जुलुशको साइज र सहभागिताको साईज हेर्दा त्यो ठाउँ हामीलाई धेरै सानो हुने स्थिति पनि बन्यो । नत्र हामीले भृकुटीमण्डव गर्ने भनर समाचार बाहिर गईसकेको थियो । तर आज हामी बसेर त्यसको पुनरावलोकन गर्यौं । र हामो निष्कर्ष के रह्यो भने उपस्थिति राम्रो हुने स्थिति देखिएपछि अलि ठूलो ठाउँमा लैजानुपर्छ भन्ने भयो । दोस्रो ट्राफिक व्यवस्थापन पनि ध्यान दिउ, सर्वसाधारणलाई मर्का पर्ने कुरामा ध्यान दिएर दरबारमार्ग मात्रै बन्द गर्दा हुने भयो । त्यसैले त्यो ठाउँ रोजियो । साँढे १२ बजे हामी सभा सुरु गर्छौं । साँढे ११ बजे भद्रकालीबाट जुलुस शुरु हुन्छ । हाम्रो वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुनेछ ।’ 


एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ । सभालाई प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन