‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा छौँ, त्यही हिसावले सिट व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ’:-पदम गिरी

author

समाचारपाटी

२ हप्ता अगाडि

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताउनु भयो । उहाँले यसलाई टुंगोमा पुर्याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालीरहेको भन्दै उहाँले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर समितिमा गएर व्यापक रुपले छलफल गरेर यसलाई टुंगोमा पुर्याउनुपर्छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ ।’

प्रमुख सचेतक गिरीले आईतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताउनु भयो । उहाँले सो विषयमा आईतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताउनुभएको जानकारी गराउनु भयो । प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो । उहाँले संसदीय गतिविधिलाई मध्यनजर गरी आईतवारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सिट व्यवस्थापनको विषयमा छलफल भयो । नेकपा एमालेले हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा छौँ, त्यही हिसावले सिट व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ । नेपाली काँग्रेसका रमे लेखकज्युले भोलि नै यो विषयमा साढे १० बजे बैठक बस्छौँ, त्यसपछि हाम्रो धारणा सार्वजनिक गर्छौं, भोलि बैठक १ बजेपछि हुने भएकाले साढे १० बजे नै बैठक बसेर धारणा बाहिर ल्याउँछौँ भन्नुभएको छ । अर्को कुरा प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस पनि भएको छैन, छलफल पनि भएको छैन, संसदका समितिहरु बन्न नसक्ने र अरु कामहरु पनि अघि बढ्न नसकेको अवस्था छ । भोलि नै पेस गर्ने, छिटो भन्दा छिटो अघि लैजाने कुरालाई मध्यनजर गरी भोलि नै पेस गर्ने सहमति गरेका छौँ ।’

प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनुपर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अझै ६ वटा मन्त्रालयमा मन्त्री...

‘संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ’

मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्नुपर्छ : अध्यक्ष...

‘आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१७.७२°

-
Clouds