fbpx

गिरीले ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भनेपछि प्रतिनिधि सभा बैठक नै स्थगित

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गर्नुभएको छ । 


शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुरुवमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गर्नुभयो । उहाँले सत्ता पक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफ बिना संसद चल्न नदिने स्पष्ट पार्नुभयो । 


उहाँले भन्नुभयो – ‘पछिल्लो समय हामी देख्दैछौँ, सदनभित्र भ्रष्टाचारका विषयहरु मन लाग्दोगरी खासगरी संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न विषयमा प्रश्नहरु औँल्याउने गर्छ । प्रश्न सोध्ने गर्छ । घच्घचाउने गर्छ । यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिना आधार, बिना प्रमाण, सत्ता पक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोष्टमबाट बताइन्छ । यतिसम्म भएको छ ।

अस्तिमात्र जेठको १० गते यही रोष्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा(एमाले)को सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भिर आरोप यही सदनमा लगाउनुभएको छ ।

हामी भन्न चाहन्छौँ यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाउने कुरा कदापी हामीलाई स्वीकार्य हुन सक्दैन । हामी यसलाई निन्दा गर्न चाहन्छौँ । यसलाई हामी भत्र्सना पनि गर्न चाहन्छौँ ।

म भन्न चाहन्छु, यदी पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ । यथार्थ कुरा के हो सदनमार्फत आम नेपाली जनतालाई यसको विषयमा बुझ्न पाउनुपर्छ । सरकारले यो विषयमा जवाफ देओस् । यो विषयमा जवाफ नआउँदासम्म यो सदन एक इन्चपनि अगाडी बढ्नसक्ने अवस्था छैन ।’


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो