नेकपा एमाले प्रचार र प्रकाश विभागमा ३ सदस्य मनोनित

author

समाचारपाटी

१ year अगाडि

नेकपा(एमाले)ले प्रचार तथा प्रकाश विभागमा ३ सदस्यलाई मनोनित गरेको छ । बिहीवार केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो । बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रिय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताउनु भयो । केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उहाँको भनाई छ ।

महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बन्ने बताउनु भयो । मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरु र अधिवेशनबाट बिदा भएकाहरुको व्यवसथपन गर्ने र पार्टीको केन्द्रिय कार्यालय भवन बनाउन पार्टी सदस्यहरुबाट न्युनतम सय रुपैयाँ उठाउने प्रश्ताव पनि केन्द्रिय कमिटी बैठकमा एजेण्डाको रुपमा प्रश्तुत गरिने उहाँले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’