fbpx

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यवस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो।

उप महासचिव गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो । देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै देश नै बर्बादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो उहाँले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गर्नुभयो ।

एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो । बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो । बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकता सहित कटिबद्धताका साथ लागि पर्न आग्रह गर्नुभयो। अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बिचमा जानू पर्ने उल्लेख गर्नुभयो । बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य बिभाजन गरेको छ ।

जस अनुसार गण्डकी प्रदेशका निर्बाचन क्षेत्र ,भुगोल जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न बिभागिय जिम्मेवारी तोकेको सचिब धनन्जय दवाडी जानकारी दिनुभयो। सचिब दवाडीका अनुसार पार्टीबाट निर्बाचित स्थानिय तहका जनप्रतिनिधिहरूलाइ प्रशिक्षण सहित प्रथम अधिबेशनबाट निर्बाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाइ नेतृत्व बिकास कार्यशाला समेत आयोजना गर्ने निर्णय भएको छ। बैठकले जनबर्गिय संगठनको अधिबेशन माघ भित्र तथा जिल्ला अधिबेशन चैत्र भित्र सम्पन्न गर्ने निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले उल्लेख गर्नुभयो ।

बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ भने पहिलो अधिबेशनबाट निर्बाचित छुट सदस्यहरूको सपथ समेत सम्पन्न गरेको अधिकारीले जानकारी दिनुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन