fbpx

एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किराँतीसहित ५ जना पक्राउ

author

समाचारपाटी

१0 महिना अगाडि

ओखलढुंगा । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जना पक्राउ परेका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेको नेतृत्व बागमती प्रदेशको सिन्धुलीबाट आज कोसी प्रदेशतिर प्रवेश गर्न लागेपछि पहिचान पक्षधरको नाममा अवरोध गर्ने प्रयास गरिएको हो।

एमालेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित अभियान रोक्न पहिचान पक्षधरले बन्द आह्वान गरेका छन्। उनीहरुले बाटोमा रुख ढालेर अवरुद्ध गराएका छन्, सडकमा शंकास्पद वस्तु राखेको पाइएको खोटाङ प्रहरीले पुष्टि गरेको छ।

शंकास्पद वस्तु राखेपछि बम भनेर हल्ला गरेपछि त्रास फैलिएको छ। आन्दोलनमा जसपा, माओवादी केन्द्र र कांग्रेसका पहिचान पक्षधर कार्यकर्ताहरु पनि देखिएका छन्। ओखलढुंगा र खोटाङका सडक खण्डमा ढालिएका रुख प्रहरीले पन्छाएपछि अहिले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दिपक केशीले जानकारी दिनुभयाे।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले एमालेको अभियानलाई अवरोध गर्ने बताउँदै आएको छ। तर एमाले पार्टीको अभियानलाई अवरोध नगर्न आग्रह गरेको छ।

आज ओखलढुंगाको हर्कपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन्। एमाले अध्यक्ष ओलीले यस अगाडि नै कोसीमा एमालेलाई रोक्ने प्रयास गरे सामना गर्ने चेतावनी दिनुभएकाे छ।

अध्यक्ष ओलीले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताउनुभएकाे थियाे। उहाँले भन्नुभयाे, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका गलत कुराहरु हामीले धेरै देखेका छौँ, यस्तो फुर्ती नलगाए हुन्छ, हामीले सामना गर्न नपरोस्, म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस्, यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’

annapurnapost


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन