fbpx

माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ ।


शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो । स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताउनु भयो । वर्तमान सरकार टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा हस्तक्षेप तिब्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताउनु भयो । 
उहाँकाअनुसार पुस २१ गतेदेखि  पार्टीले  केन्द्रिय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बारेमा छलफल गर्ने थियो । उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ । त्यस्तै काँग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए त्यो सोचलाई खण्डित गरेको छ । र अहिले काँग्रेस र एमालेको दुई तिहाईको सरकारले जसरि जनताको हितविपरित काम गरिरहेको छ । सुशासनका विरुद्धमा कामहरु भइरहेका छन् । टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने काममा गरेको छ  । मन्त्री नै प्राधिकरणमा कार्यकक्ष खोलेर बसेका छन् । विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा सरकारको हस्तक्षेप तिब्र बढेको छ, त्यसमा पार्टीले आक्रोस व्यक्त गरेको छ ।  संघीय संसदका दुवै सदनको बैठक बस्ने बेला पनि भएको छ । त्यसमा पनि प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने निर्णय भएको छ । अहिले राष्ट्रिय परिस्थिति एकदमै प्रतिकुल हुँदै गइरहेको अवस्थामा छ । अन्तर्राष्ट्रिय परिस्थिति पनि एकदमै पेचिलो बन्दै गइरहेको छ । यो अवस्थामा पार्टीले आफ्नो भुमिकालाई गुणात्मक रुपमा बढाउनुपर्छ भन्ने निर्णय गरेको छ । र अर्को चाहीँ, हामीले पार्टीको केन्द्रिय समितिको बैठक पुसको २ गते बस्ने भनेका थियौं । अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मंसिर मसान्तभित्रमा सक्ने भनेपनि केही कारणले सम्पन्न हुनसक्ने स्थिति नबनेका कारणले अन्तिम तयारीका लागि स्थायी कमिटिको बैठक मंसिर १७, १८,१९ र २० गते बस्ने  र केन्द्रीय समितिको बैठक २१ गते बस्नेगरि निर्णय भएको छ ।’ 


बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक